कांग्रेस सुदूरपश्चिमद्वारा ओली–लेखक पक्राउको विरोध

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०८२, ११ : २२
कांग्रेस सुदूरपश्चिमद्वारा ओली–लेखक पक्राउको विरोध

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्काले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विरोध गरेका छन् ।

सदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्काले विधि र प्रक्रिया नपुर्‍याएर ओली–लेखकलाई पक्राउ गरिएको भन्दै विरोध गरेका हुन् ।

‘पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ विधि र प्रक्रिया नपुर्‍याई पूर्वाग्रही र प्रतिशोधपूर्ण कदम हो घोर निन्दा गर्दछु,’ उनले सोसल मिडिया प्लेटफर्म ‘एक्स’ पोस्टमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस