काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री अनिल कुमार सिन्हाले वर्तमान सरकारको सफलतामा मौसमविदहरु ‘पर्दा पछाडिको हिरो’ भएको बताएका छन् ।
विश्व मौसम दिवसको अवसरमा जल तथा मौसम विज्ञान विभागले आज आयोजना गरेको कार्यक्रममा मन्त्री सिन्हाले सो कुरा बताएका हुन् ।
फागुन २१ को निर्वाचनमा मौसमले साथ दिँदैन कि भन्ने प्रश्न उठिरहेका बेला मौसमविदहरुले मौसमले असर गर्दैन भनेको आधारमा सरकारले देशभर एकैचरणमा निर्वाचन सम्पन्न गर्न सकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ चैत्र २०८२, १२ : ४६
लेखकबाट थप