प्रधानमन्त्री कपमा आसिफ शेखले प्रहार गरे सानदार शतक

सफल खबर संवाददाता

आइतबार, ०८ चैत्र २०८२, १२ : ३१
प्रधानमन्त्री कपमा आसिफ शेखले प्रहार गरे सानदार शतक

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन सशस्त्र प्रहरी बलको एपिएफ क्लबका ओपनिङ ब्याटर आसिफ शेखले शतक प्रहार गरेका छन्।

मुलपानी क्रिकेट मैदानमा टस जितेको बागमतीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफका आसिफले ८८ बलमा शतक पूरा गरे। आसिफ खेलमा ११४ रन बनाएर आउट भए। उनले १०५ बलमा १४ चौका र ३ छक्का प्रहार गरे।

त्यसअघि आसिफका ओपनिङ पार्टनर दीपक बोहरा भने ३ रनमा आउट भएका थिए। यस्तै कप्तान रोहितकुमार पौडेलले भने ९ रन मात्र जोड्न सके।

एपिएफका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे। जोराले ५३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५२ रन बनाए।

सुमित महर्जन १८ रनमा आउट हुँदा अमरसिंह रौटेलालले १ रन मात्र जोड्न सके। यता तल्लो मुलपानी मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल भइहरेको छ।

प्रतियोगिता शनिबारदेखि सुरु भए पनि वीरगञ्ज र जनकपुर दुवै स्थानका खेल वर्षाले रद्द भएका थिए।

प्रतिक्रिया दिनुहोस