बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले वर्तमान विश्व परिवेशमा गौतम बुद्धका शिक्षाको महत्त्व झन् बढ्दै गएको बताएका छन्।
शुक्रबार बिहान चिनियाँ दूतावासद्वारा लुम्बिनीमा आयोजित बौद्ध ध्यान कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले विश्वमा बढ्दो द्वन्द्वात्मक मानसिकता, असहिष्णुता तथा मनोवैज्ञानिक विभाजनका चुनौतीबिच बुद्ध शिक्षाको सान्दर्भिकता अझ गहिरो भएको बताए।
उनले गौतम बुद्ध का उपदेशले मानवजातिलाई करुणा, सहिष्णुता र समझदारीको मार्ग देखाउने उल्लेख गर्दै लुम्बिनी केवल ऐतिहासिक सम्पदा मात्र नभई विश्व शान्तिका लागि मानवताको पवित्र प्रतीक भएको धारणा व्यक्त गरे।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ ले नेपाल–चीनबिच गहिरो सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गरे। उनले शान्तिलाई सर्वोपरि मान्ने र भिन्नतालाई सम्मान गर्ने चिनियाँ मान्यताको चर्चा गर्दै वर्तमान विश्व चुनौतीहरूको सामना गर्न बौद्ध दर्शनमा आधारित करुणा प्रभावकारी माध्यम भएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ चैत्र २०८२, ११ : ०१
लेखकबाट थप