काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा निर्वाचन सुशासन कायम भएको बताएका छन् ।
निर्वाचन आयोगको कार्यालय बहादुर भवनमा आज आयोजित निर्वाचन सुरक्षा समीक्षापछि सरकारी सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै उनले राजनीतिक सुशासनको जग निर्वाचन सुशासन भएकाले यस पटकको निर्वाचनमा त्यो सम्भव भएको बताए ।
वर्तमान सरकार फागुन २१ गते निर्वाचन गराउनैका लागि गठन भएकाले स्वच्छ र निष्पक्ष निर्वाचन गराएर कार्यभार सम्पन्न गराउने मार्गमा अघि बढेको जानकारी पनि गृहमन्त्री अर्यालले दिए।
“हिंसा नभई निर्वाचन सम्पन्न भएको छ, सुदृढ सुरक्षा व्यवस्थाबीच निर्वाचन गराउने दायित्व सरकारले पूरा गरेको छ, यो निर्वाचनमा अरूका नाममा मतदान पनि भएन, समयमा निर्वाचन गराउन सरकारका सबै अंग समन्वयात्मक रूपमा क्रियाशील भए, गृह मन्त्रालयमा सामूहिक नेतृत्वको अभ्यास गरी निर्वाचन समन्वयात्मक रूपमा सफल भयो, केन्द्र, प्रदेश र वडा तहसम्म समन्वयात्मक एकीकृत सुरक्षा योजना अन्तर्गत काम भयो, नेतृत्वमा विकेन्द्रीकरण गरेर निर्वाचन सम्पन्न भयो”, उनले भने ।
निर्वाचन कार्यतालिका अनुसार निर्वाचन सम्पन्न गराउन आयोगले नेतृत्वदायी भूमिका खेलेकामा गृहमन्त्री अर्यालले सो अवसरमा धन्यवाद दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ फागुन २०८२, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री अर्यालद्वारा १९१ दिनको कार्यकालको उपलब्धि विवरण सार्वजनिक
निर्वाचनमा नयाँ मानक स्थापित गरेको गृहमन्त्री अर्यालको दाबी
निर्वाचनमा नयाँ मानक स्थापित गरेको गृहमन्त्री अर्यालको दाबी
गृहमन्त्री अर्याल र प्रधान सेनापतिबीच छलफल
गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रिय सभा सदस्यका लागि गृहमन्त्री अर्यालको नाम सिफारिस