कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

सफल खबर संवाददाता

बुधबार, ०४ चैत्र २०८२, १० : ३७
कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन कम्पनीलाई जरिवाना गरेको छ ।

विभागले स्थलगत अनुमगनको क्रममा कानुन विपरितका गतिविधि गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–७ चांगाथलीस्थित एकताग्राम स्टोरलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ ।

यस्तै किराना घर टे«ड एण्ड सप्लायर्स काठमाडौँ बबरमहल र गणपति टे«ड सप्लायर्स बबरहललाई समान पाँच हजार रुपैयाँ जरिवाना गरेको छ ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको स्पष्ट पारेको छ । विभागले थप १९ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

पछिल्ला दिनमा विभागले गैरकानुनी कारोबार नियन्त्रण गर्नका लागि निरन्तर विभागले अनुमगन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस