काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता चयनसम्बन्धी वर्तमान व्यवस्थामा परिवर्तन गर्ने तयारी गरेको छ। पार्टीको विधानमा रहेको प्रावधान व्यवहारिक नभएको निष्कर्षपछि त्यसलाई संशोधन गर्ने प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ।
रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्था उल्लेख छ। सोही धाराको उपधारा ८ (ख) मा संसदीय दलको नेता चयन गर्दा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने प्रावधान रहेको छ। यही व्यवस्थालाई परिवर्तन गर्न पार्टीले विधान संशोधन गर्ने तयारी गरेको हो।
पार्टीका नेताहरूका अनुसार सबै साधारण सदस्यलाई मताधिकार दिएर संसदीय दलको नेता चयन गर्ने विधि व्यवहारिक रूपमा लागू गर्न कठिन हुने देखिएकाले नयाँ प्रक्रिया तय गर्ने तयारी गरिएको हो। त्यसअनुसार प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूमध्ये बहुमत मत प्राप्त गर्ने उम्मेदवारलाई संसदीय दलको नेता बनाउने व्यवस्था ल्याउने विषयमा छलफल भइरहेको बताइएको छ।
यसैबीच रास्वपाले संसदीय दलको नेता वरिष्ठ नेता बालेन्द्र साहलाई सर्वसम्मत रूपमा चयन गर्ने तयारी पनि गरेको छ। पार्टीको विधानअनुसार सरकार गठनको अवस्था आएमा संसदीय दलको नेताले नै नेतृत्व गर्ने भएकाले साहलाई उक्त जिम्मेवारी दिने योजना बनाइएको बताइएको छ।
रास्वपा र काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर समूहबीच एकता हुँदा भविष्यमा सरकारको नेतृत्व बालेन्द्र साहले गर्ने सहमति भएको उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ फागुन २०८२, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विधान संशोधन गर्दै रास्वपा, बालेन शाहलाई दल नेता चयन गर्ने तयारी
रास्वपाका नेता शिशिर खनालको चुनावी खर्च विवरण सार्वजनिक
रास्वपा सहमहामन्त्री आचार्यको चुनावी खर्च १६ लाख २९ हजार रुपैयाँ
रास्वपाले समानुपातिकमा मात्रै अब ४८ महिला छान्नुपर्ने
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा पदबाट राजीनामा
सप्तरी-४ मा रास्वपाका सिताराम साह निर्वाचित