एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान इरानका नौसेना र वायुसेनालाई ध्वस्त पारिएको दाबी गरेका छन्।
बीबीसीका अनुसार उनले अमेरिकी सेनाले केही घण्टामै इरानका नौसेना र वायुसेनालाई ध्वस्त पारेको दाबी गरेका हुन्। ट्रम्पले भनेका छन्, ‘हामीले जित्यौँ। पहिलो घण्टामा सबै कुरा सकियो।’
उनले २ दिनमा इरानका ५८ जहाज ध्वस्त पारिएको दाबी पनि गरेका छन्। राष्ट्रपति ट्रम्पले इरानविरुद्धको ‘अपरेसन एपिक फ्युरी’ले तेलको मूल्य उल्लेखनीय रूपमा घटाउने र विश्वलाई खतरा कम हुने दाबी पनि गरेका छन्।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ। जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
यसैबिच अमेरिका-इजरायको आक्रमणबाट अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानले बताएको छ।
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सइद इरावनीका अनुसार देशका ९ हजार ६०० वटा आवासीय क्षेत्रमा आक्रमण गरिएको छ। हमलामा घर, बजार, अस्पताल, चिकित्सा केन्द्र र विद्यालय परेका छन्। यस्तै इरानले आफूले पनि इजरायलका हाइफा, जेरुसेलम र तेल अभिभमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २८ फागुन २०८२, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?
इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै
पाकिस्तानको प्रशंसा गर्दै ट्रम्पले भने– 'म इस्लामावाद जान सक्छु'
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरे परिणाम राम्रो नहुने ट्रम्पको चेतावनी
ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन : इरानविरुद्धको सैन्य अभियान अन्तिम चरणमा पुगेको दाबी
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा