काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित आचार्यले मंगलबार आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाएका हुन् ।
आचार्यले आयोगमा बुझाएको विवरणअनुसार उनले फागुन २१ गते भएको निर्वाचनमा १६ लाख २९ हजार ५६२ रुपैयाँ खर्च गरेका छन् ।
आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्दै उनले तीन वटा विषयलाई अगाडि सारेका छन् । उनले अगाडि सारेका विषयमा 'खर्चमा पारदर्शिता: लोकतन्त्रको पहिलो सर्त', 'न्यून लागत, समावेशी अवसर' र अमूल्य योगदानप्रति कृतज्ञता रहेका छन् ।
निर्वाचनमा कति खर्च भयो र त्यो कहाँबाट आयो भन्ने कुरा ऐना जस्तै छर्लङ्ग हुनुपर्ने उनले बताएका छन् । 'हाम्रो निर्वाचन प्रणालीमा कति खर्च भयो र त्यो कहाँबाट आयो भन्ने कुरा ऐना जस्तै छर्लङ्ग हुनुपर्छ। जबसम्म उम्मेदवारले गर्ने खर्च पारदर्शी हुँदैन, तबसम्म सुशासनको जग बलियो हुन सक्दैन,' उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ फागुन २०८२, ०६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार ‘आलोकाचो’ निर्णयमा लागेको भन्दै रास्वपाभित्रै असन्तुष्टि
रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी ( सूचीसहित)
रास्वपाको दुई मापदण्ड : साहलाई तुरुन्त कारबाही, गुरुङमाथि मौनता
रास्वपाको सचिवालय पुनर्गठन, सदस्य संख्या १६ पुग्यो
रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी ९ एजेन्डा तय