जिमी निसमले हटाए पोखरा एभेन्जर्सको पोस्टमा गरेको कमेन्ट

सफल खबर संवाददाता

मंगलबार, २६ फागुन २०८२, ११ : २०
जिमी निसमले हटाए पोखरा एभेन्जर्सको पोस्टमा गरेको कमेन्ट

काठमाडौँ । हिजो सोमबार न्यूजिल्यान्डका क्रिकेट खेलाडी जिम्मी निसमले एनपीएल टोली पोखरा एभेन्जर्सको पोस्टमा गरेको कमेन्टले सामाजिक सञ्जाल निकै ततायो । आफ्नो तारिफ गर्दै पोखराले गरेको एउटा पोस्टमा निसमले अनपेक्षित प्रतिक्रिया जनाएका थिए ।

आइतबार राति टि–२० विश्वकपमा भारतसँग पराजित भएको न्यूजिल्यान्डको टिमका सदस्य रहेका निसमले ‘खेलाडीहरुलाई पैसा तिर’ भन्दै कमेन्ट गरेका थिए । एभेन्जर्सले लेखेको थियो, ‘उनले पोखरा एभेन्जर्सका लागि खेलेकोमा हामीलाई गर्व छ । न्यूजिल्यान्ड उपविजेतामा सिमित हुनु दुर्भाग्यपूर्ण रह्यो ।’

त्यसको कमेन्टमा निसमले जवाफ दिएका थिए, ‘कुल, पे योर प्लेयर्स (ठिक छ, तिम्रा खेलाडीहरुलाई पैसा तिर) । निसमले अहिले कमेन्ट हटाएका छन् । 

प्रतिक्रिया दिनुहोस