काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर चुनावी उछाल ल्याएपछि प्रतिनिधिसभामा उसको उपस्थिती झण्डै दुई तिहाईका साथ हुने भएको छ । कुल २७५ मा रास्वपाको प्रत्यक्ष तर्फ १२५ र समानुपातिक तर्फ अहिलेसम्म प्राप्त मतका आधारमा ५८ सांसद चुनिने सम्भाबना देखिएको छ ।
यस आधारमा उसको प्रतिनिधिसभामा दुई तिहाई पुग्न एक जना सांसद नपुग्ने गरी कुलमा १८३ सांसद हुने देखिएको छ । दुई तिहाई पुग्न १८४ सांसदको आवश्यकता पर्छ । जति ससदमा दलहरुको प्रतिनिधित्व छ, त्यही आधारमा महिला सांसदहरुको प्रतिनिधित्व गराउनुपर्ने अनिबार्य बाध्यात्मक संवैधानिक ब्यवस्था छ ।
प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सांसदहरु अनिबार्य गराउनुपर्ने संवैधानिक ब्यवस्था छ । अर्थात २७५ मा ९१ जना महिला अनिबार्य छ । यस आधारमा रास्वपाले मात्रै कुल १८३ सिट जित्दा ३३ प्रतिशत अर्थात् ६१ महिला सहभागी गराउनुपर्छ ।
उसको प्रत्यक्षतर्फबाट १३ महिला निर्वाचित भएका छन् । अब उसले ६१ महिला सांसद पुरयाउनका लागि समानुपातिकबाट धेरै भन्दा धेरै महिला छान्नुपर्ने भएको छ । यस हिसावमा उसले समानुपातिक प्राप्त मतको अनुपात हेर्दा पाउने ५८ सिटमा ४८ जना महिलाहरुलाई संसदमा प्रतिनिधित्व गराउनुपर्ने छ ।
त्यसो हुँदा रास्वपाको समानुपातिक बन्दसूचीमा रहेका ४८ महिला उम्मेदवारहरुले विभिन्न कलष्टर मिलाएर अवसर पाउने देखिएका छन् । प्रतिनिधिसभामा १४ महिला प्रत्यक्षमा जितेर आएका छन् । जसमा रास्वपाबाट मात्रै १३ सांसद महिला छन् । कांग्रेसबाट १ जना महिला प्रत्यक्षमा चुनाव जिते । अन्य दलबाट कोही पनि महिला जितेका छैनन ।
जसका आधारमा अब रास्वपाले समानुपातिकबाट पाउने सिट संख्यामा महिलाहरु ४८ जना छान्नुपर्ने हुन्छ । यसो हुँदा रास्वपाको बन्दसूचीमा रहेका १० जना पुरुषहरुले मात्र समानुपातिक तर्फबाट अवसर पाउने देखिएको छ । धेरै सिट जित्दा र प्रत्यक्षमा महिला कम जित्दा समानुपातिकको बन्दसूचीमा रहेका पुरुष उम्मेदवारहरुलाई घाटा लाग्ने उदाहरण अहिले रास्वपाभित्रका बन्दसूचीमा परेका पुरुष उम्मेदवारहरु परेका छन् ।
देशभर कुल मतको ४८ प्रतिशत मत पार्टीले पाउँदा समेत पुरुषहरु भने कम पर्ने देखिएको हो । अहिलेसम्मका मतका आधारमा रास्वपाले आफ्नो सिटबाट ४८ महिला, कांग्रेसले आफुले पाउने १९ सिटमा अब १२ महिला सांसद, एमालेले आफुले पाउनसक्ने १६ सिटमा ९ महिला, नेकपाले पाउने ९ सिटमा ६ महिला, श्रम सस्कृति र राप्रपाले पाउने ४–४ सिटमा दुई दुई जना महिला सांसद समानुपातिकबाट छान्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ फागुन २०८२, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा पदबाट राजीनामा
सप्तरी-४ मा रास्वपाका सिताराम साह निर्वाचित
सुनसरी-४ मा रास्वपाका साह निर्वाचित
अन्तिम चरणमा प्रत्यक्ष तर्फको मतगणना : रास्वपालाई १२४ सिट, चार क्षेत्रको परिणाम आउन बाँकी
महोत्तरी-४ मा रास्वपाकी गौरी कुमारी विजयी
पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित