काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकुम पश्चिम जिल्ला सभापति मानबहादुर शाहीले पद छाडेको घोषणा गरेका छन्। पार्टीका संस्थापक जिल्ला सभापति शाहीले सोमबार पार्टीको सभापति पदबाट राजीनामा दिएका हुन्।
शाही रुकुम पश्चिमबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार समेत थिए। सामाजिक सञ्जालमार्फत उनले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रुकुम पश्चिमबाट पार्टीलाई विजय दिलाउन नसकिएको स्वीकार गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ फागुन २०८२, २१ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी