काठमाडौँ । सप्तरी-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिताराम साह शनिबार प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले ३६ हजार ४ सय १२ मत ल्याएका छन् ।
साहका प्रतिस्पर्धी २०७० देखि लगातार तीन पटक जितेका नेपाली काँग्रेसका तेजुलाल चौधरीले १३ हजार १ सय ३ मत मात्र ल्याउन सके ।
जनता समाजवादी पार्टी (जसपा) नेपालकी वाँबी सिंहले १० हजार २ सय ८० मत ल्याइन् । नेपाली कम्युनिष्ट पार्टीकी रुबीकुमारी कर्णले १ हजार ७ सय ९ मत ल्याउँदा नेकपा एमालेबाट गंगाप्रसाद चौधरीले १ हजार १ सय ७७ र जनमत पार्टीका जितेन्द्रकुमार साहले ९ सय ९५ मत ल्याएका छन् ।
२०४१ मा सरकारी सेवामा प्रवेश गरेका निर्वाचित साह भू–संरक्षण अधिकृतबाट राजीनामा दिएर २०७४ मा काँग्रेसबाट सप्तरी-४ (१) मा प्रदेशसभा सदस्य लडेका थिए । नेविसंघबाट विद्यार्थी राजनीतिमा लागेका उनी निजामती कर्मचारी युनियनका वरिष्ठ सल्लाहकार हुँदै काँग्रेसका क्षेत्रीय सभापति पनि रहे । प्रदेशसभा सदस्यमा उनले ११ हजार ३ सय ९५ मत ल्याएका थिए ।
२०७९ मा पुनः काँग्रेसबाटै खडक नगरपालिकाको नगर प्रमुखमा चुनाव लडेका थिए । नगर प्रमुख लड्दा साह ३ हजार ४ सय ३६ मत ल्याएर तेस्रो स्थानमा थिए । उनी पछिल्लो पटक काँग्रेस छाडेर रास्वपामा प्रवेश गरेका थिए । खडक नगरपालिका–७ का साहका दुई छोरा र श्रीमती छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ फागुन २०८२, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार ‘आलोकाचो’ निर्णयमा लागेको भन्दै रास्वपाभित्रै असन्तुष्टि
रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी ( सूचीसहित)
रास्वपाको दुई मापदण्ड : साहलाई तुरुन्त कारबाही, गुरुङमाथि मौनता
रास्वपाको सचिवालय पुनर्गठन, सदस्य संख्या १६ पुग्यो
रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी ९ एजेन्डा तय