काठमाडौँ । बझाङमा नेकपा एमालेका उम्मेदवार ऐन महर निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार प्रकाश स्नेही रसाइलीलाई पराजित गर्दै महर निर्वाचित भएका हुन् । महरले १८ हजार ५४३ मत ल्याउँदै निर्वाचित भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार रसाइलीले १६ हजार ३०४ मत ल्याएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले जानकारी दिए।
तेस्रो भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले ९ हजार ७५७ मत ल्याए । चौथो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेशबहादुर सिंहले ९ हजार ३६३ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ फागुन २०८२, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत