काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख भन्दा बढी मतपत्र छापिसकेको जनाएको छ ।
केन्द्रले उपलब्ध गराएको विवरणअनुसार एक करोड ४२ लाख आठ हजार थान मतपत्र छाप्ने काम सकिएको छ । पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाइ भएको छ । कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छपाइ गर्नुपर्ने केन्द्रले जनाएको छ ।
त्यसैगरी, कुल ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ भएको छ । पछिल्लो २४ घण्टामा मात्र एक हजार २२६ बाकस प्याकिङ भइसकेको केन्द्रले जनाएको छ । केन्द्रले एक करोड ९८ हजार २०० थान नमूना मतपत्र आयोगमा पठाएको छ ।
आज चुनाव चिह्न वितरण
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज निर्वाचन चिह्न पाउँदैछन् । उम्मेदवारी फिर्ता लिने प्रक्रिया पूरा गरेपछि निर्वाचन चिह्न वितरणको कार्यक्रम छ ।
निर्वाचन तालिका अनुसार आज बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । यस्तै आजै दिनको १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसपछि अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ माघ २०८२, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदान स्थलबाट मतपत्र हराएपछि मतदान स्थगित
७५ जिल्लामा पुग्यो निर्वाचन सामग्री र मतपत्र
हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री
मतपत्र छपाइ अन्तिम चरणमा
प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्रअनुसार मतपत्रको नमूना सार्वजनिक
प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी