काठमाडौँ। निर्वाचन आयोगले भोलि फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
आयोगका अनुसार मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको सन्देश दिन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
पत्रकार सम्मेलन आयोगको मिडिया सेन्टर हलमा केही बेरमै सुरु हुने जनाइएको छ। निर्वाचनको तयारी, सुरक्षात्मक व्यवस्थापन, मतदान केन्द्रको अवस्था तथा आवश्यक प्रशासनिक प्रबन्धबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० फागुन २०८२, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया