काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जाल प्लेटफर्महरू झुटा र भ्रामक प्रचारका माध्यमका रूपमा अत्यधिक प्रयोग भइरहेको बताएका छन् ।
मौन अवधिसँग सम्बन्धित विषयमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अनलाइन माध्यमबाट फैलाइने गलत सूचना नियमन र नियन्त्रणका लागि आयोग सक्रिय रहेको जानकारी दिए । साथै, गलत प्रचार रोक्न सञ्चार क्षेत्रले पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा व्यक्त गरे ।
उनका अनुसार कृत्रिम बुद्धिमत्ता प्रविधिबाट तयार गरिएका डिपफेक सामग्रीको प्रयोगसमेत बढ्दो अवस्थामा रहेको छ । आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार शुक्रबारसम्म ६१२ वटा हानिकारक प्रकृतिका सूचना पहिचान गरी अनुगमन दायरामा ल्याइएको छ । ती सामग्रीमाथि आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
कानुनी प्रावधानअनुसार कारबाही अगाडि बढाउन सम्बन्धित निकायमा विवरण पठाइएको आयोगले स्पष्ट पारेको छ । विधुतीय कारोबार ऐन २०६३ अन्तर्गत पर्ने विषयहरू अनुसन्धानका लागि नेपाल प्रहरीसमक्ष पठाइएको छ ।
त्यसैगरी निर्वाचन आचारसंहिता २०८२ सँग सम्बन्धित सामग्री केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको तथा प्रेस काउन्सिल ऐन २०४८ अन्तर्गत पर्ने विषयहरू सम्बन्धित परिषद्मा पठाइएको आयोगले जनाएको छ ।
आयोगले मौन अवधिमा गलत तथा दुष्प्रचारजन्य सामग्रीको नियन्त्रणलाई प्राथमिकतामा राख्दै सरोकारवाला सबै पक्षको समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ फागुन २०८२, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको सम्पूर्ण तयारी पूरा
निर्वाचनको तयारी अन्तिम चरणमा, पैँसट्ठी राजनीतिक दल चुनावी प्रतिस्पर्धामा
४३ दलले मात्रै बुझाए निर्वाचन आयोगमा घोषणा पत्र
निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने
मत सर्वेक्षण ‘लाइभ’ गर्ने अनलाइनलाई कारबाही गरिने
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री