काठमाडौं । प्रमुख राजनीतिक दलका अध्यक्ष÷सभापतिहरुले नै प्रतिनिधिसभा चुनावमा आफैंलाई मतदान गर्न नपाउने भएका छन् । कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पर्टी (रास्वपा)कै अध्यष÷सभापतिहरुले आफैंलाई मतदान गर्न पाउने छैनन ।
यी मुख्य चार दलका अध्यक्ष÷सभापतिहरु नै अहिलेको चुनावमा प्रत्यक्ष तर्फका उम्मेदवार छन् । अबको चार दिनपछि फागुन २१ मा प्रतिनिधिसभा चुनाव हुँदैछ । कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने मात्रै होइन, रास्वपाले प्रधानमन्त्री प्रस्तावित गरेका काठमाडौं महानगरका पूर्व मेयर समेत रहेका बालेन शाहसम्मले पनि आफुले आफैंलाई मत दिन पाउने छैनन ।
यी कुनै पनि नेताहरु यसपटकको चुनावमा आफु मतदाता रहेको निर्वाचन क्षेत्रका उम्मेदवार छैनन । कांग्रेस सभापति थापा सर्लाही ४, केपी ओली झापा ५, प्रचण्ड रुकुम पूर्व, रवि लामिछाने चितवन २ र रास्वपाकै बरिष्ठ नेता बालेन शाह झापा ५ मा उम्मेदवार छन् । उनीहरुको मतदान केन्द्र भने अलग स्थानमा छ ।
कांग्रेस सभापति थापाले काठमाडौँ–३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् । उनको मतदाता नामावलीमा उनको मतदान केन्द्र त्यहाँ रहेको उल्लेख छ । त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि झापामा मतदान गर्न पाउने छैनन । उनी विगत लामो समय देखि उक्त क्षेत्रमा चुनाव जित्दै आएपनि उनले भक्तपुर सूर्य बिनायकबाट मतदान गदै आएका छन् । यसपटक पनि ओलीले त्यहीबाट मतदान गर्नेछन् । ओलीले भक्तपुर सूर्यविनायक९२, बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्दै छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले चितवन पुगेर मतदान गर्नेछन् । उनले चितवन भरतपुर महानगरपालिका–१४ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् । त्यसैगरी रास्वपा सभापति लामिछानेले पनि आफैलाई मतदान गर्न पाउने छैनन ।
उनको मतदाता नामावली काठमाडौंबाट छ । लामिछानेले काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसाल्ने छन् ।
त्यसैगरी रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित गरेका बालेन शाहले पनि काठमाडौंबाटै मतदानमा सहभागीता जनाउनेछन् । बालेनले काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कुल मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
त्यसैगरी उज्यालो नेपाल पार्टीको संयोजक कुलमान घिसिङले पनि आफुले आफैलाई मतदान गर्न पाउने छैनन । घिसिङ काठमाडौं ३ बाट उम्मेदवार छन् । तर उनले मतदान भने गृहजिल्ला रामेछाप पुगेर गर्नेछन् । घिसिङले रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ डहु मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ फागुन २०८२, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङका दश मतदान केन्द्र संवेदनशील
मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग
रौतहटमा तीनवटा अस्थायी मतदान केन्द्र निर्धारण
मनाङमा प्रत्यक्षतर्फ तीनवटा चिह्नमा मतदान हुने
राष्ट्रिय सभामा जसले मतदान गर्न पाउँदैनन !
पुल्चोकमा मतदान जारी, साढे १ बजेसम्म १७०० मत खस्यो