काठमाडौं । नेपाली कांग्रेसले आज (आइतबार) काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने भएको छ ।
चुनावी सभाहरूमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने कार्यक्रम छ ।
आज दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुरमा हुने चुनावी सभामा सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन् । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसले जिल्ला सदस्य हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ ।
यस्तै, दिउँसो २ बजे भक्तपुरको ठिमीमा हुने चुनावी सभामा पार्टी उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने तालिका रहेको कांग्रेसको निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ । भक्तपुर २ मा कांग्रेसले वरिष्ठ पत्रकार कविर राणालाई चुनावी मैदानमा उतारेको छ । यस्तै, पेप्सीकोला टाउनप्लानिङमा पनि चुनावी शभा हुनेछ ।
युवा नेता प्रमोदहरि गुरागाईँ उम्मेदवार रहेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को बालाजु चोकमा दिउँसो ३ बजे हुने चुनावी सभामा सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने छन् ।
दिउँसो ३ः३० बजे काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ६ को संयुक्त चुनावी सभा सभामुखी चोकमा हुनेछ । काठमाडौं– ५ मा महामन्त्री प्रदीप पौडेल र काठमाडौं– ६ मा जिल्ला सभापति सबुज बानियाँ उम्मेदवार छन् । संयुक्त सभालाई पार्टी सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन् ।
यस्तै, दिउँसो ४ बजे काठमाडौं क्षेत्र नम्बर ४ को बालुवाखानीमा हुने कांग्रेसको चुनावी सभामा सभापति थापाले सम्बोधन गर्ने तालिका रहेको छ । काठमाडौं ४ मा कांग्रेसले चर्चित क्रिकेट कमेन्टेटर तथा युवा नेता सचिन तिमल्सेनालाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ फागुन २०८२, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सभापति थापा र उपसभापति शर्माको आजको यस्तो छ चुनावी कार्यक्रम
पोखरामा आज कांग्रेसको आमसभा
भोलि बुटवलमा आयोजना हुने काँग्रेसको चुनावी सभालाई गगन थापाले सम्बोधन गर्ने
काँग्रेसले आफूलाई समयानुकूल रूपान्तरण गरेको विश्वप्रकाश शर्माको दाबी
कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने
काँग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक