काठमाडौ । नेकपा (एमाले) का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्रीप्रति आपत्ति जनाएका छन्।
पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र नभई भूराजनीतिक चलखेलको संकेत भएको दाबी गरेका छन्।
‘चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन, यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो,’ पोखरेलले भनेका छन्, ‘नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य छ। चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो। हामीले बुझ्नुपर्छ।’
उनले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्नेमा पनि जोड दिएका छन्। ‘नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी हो,’ उनले भनेका छन्, ‘सूचना स्वतन्त्र हुनुपर्छ, समय सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्छ।
भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिऔँ। सचेत बनौँ, तथ्य जाँचौँ, र राष्ट्रिय हितको पक्षमा उभिऔँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ फागुन २०८२, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको ‘सहकार्य’ प्रस्ताव प्रचण्डद्दारा निरन्तर अश्वीकार
एमाले पूर्वसांसद जानकी देवी नेकपा प्रवेश
एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप : आज दमक र गौरीगञ्जका १३ वटा टोलमा पुग्दै
एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ
धैर्यतालाई कमजोरी नठान्न रास्वपालाई एमालेको चेतावनी