काठमाडौं । संखुवासभा र ताप्लेजुङको सिमाना क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको थियो। धक्का संखुवासभा र ताप्लेजुङका विभिन्न स्थानमा महसुस गरिएको जनाइएको छ।
हालसम्म मानवीय वा भौतिक क्षतिको सूचना प्राप्त भएको छैन। दुवै जिल्लाका सुरक्षा निकायले अवस्था सामान्य रहेको र थप जानकारी संकलन भइरहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ फागुन २०८२, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संखुवासभामा भूकम्पको धक्का
ताप्लेजुङमा भूकम्पको धक्का
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प