वासिङ्टन । अमेरिकी सेनाले क्यारिबियन क्षेत्रमा लागुऔषध तस्करी गर्ने डुंगालाई लक्षित गरी गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको घोषणा गरेको छ ।
युएस साउदर्न कमान्डले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा आतंकवादी संगठनसँग सम्बन्धित जहाजमा आक्रमण गरिएको उल्लेख गरिएको छ ।
जहाज क्यारिबियन क्षेत्रका नार्को–तस्करी मार्गहरूमा ओसार– पसार गरिरहेको उल्लेख गर्दै नार्को–तस्करी अपरेसनमा संलग्न रहेको विज्ञप्तिमा भनिएको छ ।
सन् २०१५ सेप्टेम्बर को सुरुदेखि संयुक्त राज्य अमेरिकाले तस्करी गतिविधिमा संलग्न रहेको शशङ्कित पानी–जहाज तथा डुंगाहरूलाई लक्षित गर्दै आएको छ, जसको परिणामस्वरूप अहिलेसम्म दर्जनौँ मानिसहरूको मृत्यु भएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हालै जारी गरेको राष्ट्रिय रक्षा रणनीतिमा सन्दिग्ध लागु–औषध तस्करहरू विरुद्धको सैन्य कारबाही समावेश गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ फागुन २०८२, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य