काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दाङको विकास र समृद्धिको यात्रालाई निष्कर्षमा पुर्याउन सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन्।
विजौरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दाङ क्षेत्र नम्बर २ का उम्मेदवार पोखरेलले विकासका एजेन्डालाई केन्द्रमा राखेर मतदातासमक्ष प्रस्तुत हुन आग्रह गरेका हुन्।
पोखरेलले आफू मुख्यमन्त्री हुँदा दाङमा पूर्वाधार, स्वास्थ्य र शिक्षाका क्षेत्रमा महत्वपूर्ण काम सुरु भएको दाबी गरे।
घोराही-तुलसीपुर चारलेन सडक निर्माण आफ्नै पहलमा सुरु भएको भन्दै पोखरेलले विजौरी-दहवन हुँदै शहीद मार्ग विस्तार, मानपुर-जलकुण्डी सडक स्तरोन्नतिलगायतका योजनाहरू मध्य दाङको विकासका लागि अनिवार्य रहेको उनले बताए।
स्वास्थ्य क्षेत्रको उपलब्धि उल्लेख गर्दै उनले रिफर सेन्टरका रूपमा रहेका दाङका अस्पतालहरूलाई विकास गरेर विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालका रूपमा विकाश गरिएको बताए।
पोखरेलले नीति निर्माण र बजेट विनियोजनमा प्रभावकारी पहुँच पुर्याउन सक्ने प्रतिनिधि आवश्यक रहेको उल्लेख गरे।
चुनावी सभामा उनले पार्टीका कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर अभियान सञ्चालन गर्न आह्वान गर्दै विकास, स्थिरता र समृद्धिको सन्देश मतदातामाझ पुर्याउन आग्रह गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० फागुन २०८२, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल
‘पछिल्ला निर्वाचन परिणामलाई वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त हुदैन्’ : शंकर पोखरेल
अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक : शंकर पोखरेल