काठमाडौँ । नेकपा (एमाले)ले शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारसँग माग गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आज पत्रकार सम्मेलन गर्दै पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले एमालेले मुलुकमा चुनाव नजिकिँदै गर्दा असुरक्षा र त्रासको वातावरण सिर्जना भएकाले शान्ति सुरक्षा कायम गर्न माग गरिएकौ बताए ।
एमालेले आगामी २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई भयरहित, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सरकारसँग माग गरिएको बताए। विभिन्न स्थानमा एमालेको चुनाव चिह्न ‘सूर्य’ अंकित झण्डा जलाउने तथा पार्टी नेतृत्वविरुद्ध घृणा फैलाउने गतिविधि तीव्र बनेको उल्लेख गर्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको प्रचार विभाग प्रमुख शाहीले बताए ।
निर्वाचन घोषणा भएयता हजारौँ कैदीबन्दी र सुरक्षा निकायका लुटिएका हातहतियार बाहिरै रहेकाले आपाराधिक गतिविधि बढ्न सक्ने भन्दै यसअघि नै सरकारको ध्यानाकर्षण गराइएको थियो । पछिल्लो समय विभिन्न स्थानमा अमुक दलको नारासहित एमाले नेतृत्वविरुद्ध अभद्र व्यवहार तथा झण्डा जलाउने घटना भएको दाबी गर्दै पार्टीले यसलाई चुनावीद्वन्द्व निम्त्याउने षड्यन्त्रको भएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ फागुन २०८२, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
निर्वाचनमा बालअधिकार उल्लंघन : अध्ययनले देखायो ३५० घटना
प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?
धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको पत्र
७० स्थानमा रास्वपा अगाडि
जेनजी आन्दोलनपछिको प्रतिनिधि सभा निर्वाचन आज