काठमाडौँ । नेपाली काँग्रेसले संघीय तथा प्रदेश सरकारको संरचना सानो र व्यवस्थापनयोग्य बनाउने उद्देश्यसहित मन्त्रालयको संख्या सीमित गर्ने प्रस्ताव अघि सारेको छ।
पार्टीले सार्वजनिक गरेको चुनावी प्रतिबद्धतामा संघीय तहमा अधिकतम १६ र प्रदेश तहमा ६ मन्त्रालय कायम गर्ने अवधारणा समेटिएको हो।
चुनावी कार्यक्रम सार्वजनिक गर्ने क्रममा पार्टीका सभापति गगनकुमार थापाले कार्यपालिका संरचनामा अनावश्यक विस्तार रोक्ने लक्ष्यसहित यस्तो प्रस्ताव गरिएको जानकारी दिएका हुन्। उनका अनुसार सत्ता समीकरण मिलाउन मन्त्रालय थप्ने अभ्यासलाई अन्त्य गर्न कानुनी व्यवस्था गरिनेछ।
त्यस्तै, कार्यकारी पदमा दोहोरिने अवसर पनि सीमित गर्ने योजना पार्टीले अघि सारेको छ। प्रस्तावअनुसार एउटै व्यक्ति प्रधानमन्त्री वा मुख्यमन्त्री पदमा दुई कार्यकालभन्दा बढी रहने व्यवस्था नरहने गरी नीतिगत प्रबन्ध गर्ने लक्ष्य राखिएको छ।
काँग्रेसले सरकारको आकार सानो बनाउँदा प्रशासनिक खर्च नियन्त्रण, कार्यक्षमता अभिवृद्धि तथा जिम्मेवारी स्पष्टता बढ्ने अपेक्षा व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ फागुन २०८२, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप