काठमाडौं । नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि सारेको छ । संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा बुधबार प्रतिज्ञापत्र सार्वजनिक हुनेछ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने भनिएको चुनावी प्रतिज्ञापत्र स्थगित गरी फागुन ६ गते बुधबार मधेश प्रदेशको जनकपुरधाममा हुने चुनावी सभाबाट सार्वजनिक गर्ने बताए ।
प्रवक्ता चालिसेले पार्टीको चुनावी प्रतिज्ञापत्र (घोषणापत्र) निर्वाचन आयोगमा भने आज (आइतबार) नै बुझाउने जानकारी दिए ।
निर्वाचन आयोगले दलहरुलाई फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीले तयार पारेको घोषणापत्र आजसम्म आयोगमा बुझाइसक्न समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ फागुन २०८२, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप