निर्वाचन प्रयोजनका लागि भारतले दियो थप सवारीसाधन

सफल खबर संवाददाता

विहीबार, २९ माघ २०८२, १९ : ००
निर्वाचन प्रयोजनका लागि भारतले दियो थप सवारीसाधन

काठमाडौँ। आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि भारत सरकारबाट नेपाललाई थप सवारीसाधन प्राप्त भएका छन्। प्राप्त गाडीहरू हाल सिंहदरवार परिसरमा राखिएको छ।

निर्वाचन व्यवस्थापन सहयोग स्वरूप भारतले कुल ५३८ वटा सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सोही प्रतिबद्धताअनुसार वीरगञ्ज भन्सार नाकामार्फत सवारीसाधनहरू काठमाडौँ भित्र्याइएको हो।

आज मात्रै २३२ वटा गाडी हस्तान्तरण गरिएको जनाइएको छ। उपलब्ध गराइने कुल सवारीसाधनमध्ये ३०० वटा नेपाल प्रहरीका लागि रहनेछन् भने बाँकी २३८ वटा विभिन्न सरकारी निकायमा परिचालन गरिने व्यवस्था गरिएको छ। निर्वाचन व्यवस्थापन, सुरक्षा तथा प्रशासनिक सहजीकरणको लागि यी सवारीसाधन प्रयोग हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस