काठमाडौ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, खुमलटारमा कार्यरत वैज्ञानिक नमिता भट्टराईलाई ७ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन भनेको छ।
एक वर्षको असाधारण बिदा स्वीकृत गराई २०८० पुस २७ गतेदेखि नै कार्यालयमा हाजिर हुनुपर्नेमा उनी हालसम्म अनुपस्थित रहेको परिषद्ले जनाएको छ।
यसअघि उनको घरको ठेगानामा पत्राचार गर्दा समेत कुनै प्रतिक्रिया नआएपछि परिषद्ले सार्वजनिक सूचना जारी गरेको हो। परिषद्को कर्मचारी प्रशासन विनियमावली २०४९ बमोजिम लामो समय अनुपस्थित रहेको कसुरमा उनलाई सेवाबाट किन अलग नगर्ने भन्दै सात दिनको म्याद दिइएको छ।
तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित उपस्थित नभएमा उनलाई प्रचलित कानुन बमोजिम सेवाबाट बर्खास्त गरिने परिषद्ले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ माघ २०८२, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि वैज्ञानिकले धमाधम जागिर छाड्दै