कृषि वैज्ञानिकले धमाधम जागिर छाड्दै

पत्रपत्रिकाबाट

सोमबार, २१ पुस २०८२, ०७ : २७
कृषि वैज्ञानिकले धमाधम जागिर छाड्दै

काठमाडौ । मुलुकमा रोजगारी नपाएर दैनिक दुई हजारभन्दा बढी जनशक्ति विदेश गइरहेका बेला भएको जागिरसमेत छोडेर जाने क्रम बढ्दै गएको छ । पछिल्लो समय कृषिक्षेत्रमा काम गर्ने कृषि वैज्ञानिक विदेश पलायन हुने गरेका छन् । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा काम गर्ने कृषि वैज्ञानिक अन्यन्त्र पलायन हुन थालेपछि अनुसन्धानको काम प्रभावित भएको छ । अनुसन्धान र उन्नत प्रविधि विकास गर्ने निकायमा जनशक्ति अभावले प्रभावकारी रूपमा काम हुन नसकेको नार्कले जनाएको छ । 

नार्कका अनुसार हाल ६० प्रतिशत जनशक्ति रिक्त रहेको र ४० प्रतिशत कर्मचारीको भरमा कृषि अनुसन्धानको काम भइरहेको छ । हाल एक हजार ८२३ कर्मचारीको दरबन्दी रहेकोमा आठ सय जना कार्यरत छन् । जसमा ४१० जना वैज्ञानिकको दरबन्दी रहेकोमा १८० जना कार्यरत रहेको नार्कले जनाएको छ । वैज्ञानिकको सङ्ख्या आधाभन्दा कम हुँदा अनुसन्धानको काममा प्रत्यक्ष असर परेको नार्कले जनाएको छ । 

राजनीतिक हस्तक्षेप, ऐन, नियमन, विनियमावली समय अनुकूल नहुनु र वैज्ञानिकका लागि आकर्षक सेवा सुविधा नहुँदा जागिर छाडेर जाने गरेका हुन् । 

नार्कका प्रवक्ता निर्देशक डा. भानुभक्त पोखरेलले कृषि वैज्ञानिक नहुँदा अनुसन्धानको काममा प्रत्यक्ष असर परेको जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस