काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा मतदाताले गम्भीर भएर निर्णय लिनुपर्ने बताएका छन् ।
काँग्रेस जिल्ला कार्यसमिति दाङले बुधबार घोराहीमा तीन वटै क्षेत्रका उम्मेदवारहरू सहभागी गराएर आयोजना गरेको जिल्ला स्तरीय बृहत् भेलामा उनले यस्तो बताएका हुन् ।
उनले पहिलो संविधान सभा निर्वाचनमा काँग्रेस दोस्रो दल बन्दा मुलुकले नयाँ संविधान नपाएको स्मरण गरे । दोस्रो संविधान सभा निर्वाचन २०७० मा काँग्रेस पहिलो दल बन्दा दुई वर्षभित्रै मुलुकले संविधान पाएको शर्माले बताए ।
इतिहासको हरेक मोडमा देशभित्रका भिन्न–भिन्न शक्ति, दल र समुदायको समन्वय गरेर निकास दिने सामर्थ्य प्रस्तुत गरेको काँग्रेसले अब भिन्न पुस्ताको पनि समन्वय गरेर देशलाई अहिलेको अवस्थाबाट नयाँ विश्वासको चरणमा पुर्याउने क्षमता राख्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ माघ २०८२, १७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘आन्दोलनको धम्कीले आयोग प्रभावित हुँदैन भन्ने विश्वास छ’: विश्वप्रकाश शर्मा
वैधानिक रूपमा नयाँ नेतृत्व चयन गरेर निर्वाचन आयोग जान्छौँ’ : विश्वप्रकाश शर्मा
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित
२ पटकभन्दा बढी कोही प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव लिएर आउँछौँ : विश्वप्रकाश शर्मा
‘पार्टीको विशेष महाधिवेशन अब भने बाध्यकारी भयो’ : विश्वप्रकाश शर्मा
जेनजी समूहबिच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ : विश्वप्रकाश शर्मा