काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आफनो निर्वाचन क्षेत्रका मतदातासँग ६ दिन मत माग्न पूर्वी रुकुम पुग्ने कार्यतालिका बनेको छ । त्यसपछि भने प्रच्ण्ड अन्य पार्टीका उम्मेदवारहरुको पक्षमा मत माग्नका लागि देशका विभिन्न स्थानमा पुगने कार्यक्रम बनेको छ ।
प्रचण्ड फागुन २१ मा हुने निर्वाचनका लागि पूर्वी रुकुमबाट उम्मेदवार बनेका छन् । उनी आज पोखरा हुँदै बागलुङ, पर्वत, म्याग्दी लगायतका जिल्लाका कार्यक्रमहरुमा पुग्नेछन् । त्यसपछि उनी भोलि बिहिबार दिउँसो ४ बजेपछि मात्रै त्यहीबाट आफनो निर्वाचन क्षेत्र पूर्वी रुकुम पुगनेछन् ।
बिहिबार माघ २९ गते बेलुकी ४ बजे पूर्वी रुकुमको भुमे गाउँपालिका १ लुकुमबाट कार्यकर्ता भेटघाटका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । त्यसपछि उनी त्यसदिन खवाङबगर भुमेमै बास बस्नेछन् । भोलिपल्ट फागुन १ जनयुद्द दिवस पनि भएकोले प्रचण्डले भुमेकै खवाङबगरमा आयोजना हुने जनयुद्द दिवसको कार्यक्रममा सहभागी हुनेछन् भने सोही दिन साँझ जनयुद्दलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन तत्कालिन माओवादीको केन्द्रीय समितिको बैठकले निर्णय लिएको ऐतिहासिक चुनवाङ पुग्नेछन् ।
फागुन ६ सम्म तइसपछि प्रचण्डले जिल्लाका तिनवटै पालिकाका कार्यक्रममा सहभागी हुनेछन् । फागुन ६ गतेसम्म उनी त्यहाँ बसेर ७ गते रुकुम पश्चिम हुँदै रोल्पा सम्म पुगेर काठमाडौं फर्किने कार्यक्रम बनेको छ ।
त्यसपछि भने उनी निर्वाचन सकिएपछि मात्र आफनो निर्वाचन क्षेत्रमा जाने कार्यक्रम बनेको छ ।
हेर्नुहोस निर्वाचन क्षेत्रमा प्रचण्डका कार्यतालिका
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ माघ २०८२, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने
मुलुकको राष्ट्रिय स्वाधिनता सबै भन्दा अफ्ठ्यारो अवस्थामा पुगेको छः प्रचण्ड
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड