काठमाडौँ । राष्ट्रिय सभा सदस्य तारामान स्वारले राष्ट्रिय सभाको सन्दर्भमा केही सुधार आवश्यक रहेको बताएका छन् ।
सोमबार राष्ट्रिय सभामा बिदाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘संविधानले नै राष्ट्रियसभाप्रति असमानता गरेको र निर्णायक शक्ति प्रतिनिधि सभामा केन्द्रित गरेको छ । यसले गर्दा राष्ट्रिय सभा कहिलेकाहीँ प्रतिनिधिसभाको छायामा पर्ने गरेको छ ।’
यसमा सुधार गर्नुपर्ने उनको आग्रह छ । प्रवृत्तिगत सुधार पनि आवश्यक रहेको उनले औँल्याए ।
उनले भनेका छन्, ‘यसलाई बुढापाका थन्क्याउने र दलहरूले निर्वाचनमा पराजित नेताहरूको व्यवस्थापन गर्ने दोस्रो सदन भएको जस्तो रूपमा बुझ्ने नकारात्मक प्रवृतिबाट राष्ट्रिय सभा पीडित बन्ने गरेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ माघ २०८२, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेठ ७ गते राष्ट्रिय सभामा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची
राष्ट्रिय सभामा आठ अध्यादेश पेस
अध्यादेश र संवैधानिक परिषदबारे प्रधानमन्त्रीमाथि राष्ट्रिय सभामा कडा आलोचना
राष्ट्रिय सभामा एमालेको सचेतकमा रोशनी मेचे नियुक्त
सरोकारवालासँग परामर्शपछि मात्रै विधेयक प्रक्रिया अघि बढ्ने राष्ट्रिय सभा अध्यक्ष दाहालको दाबी
राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए शपथ