रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार रुपन्देहीका विभिन्न स्थानमा जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रम गर्ने भएका छन्। पार्टीले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहानदेखि साँझसम्म जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा कार्यक्रम तय गरिएको छ।
कार्यक्रमअन्तर्गत बिहान ८:०० बजे देवदहको खैरेनीबाट जनसम्पर्क सुरु हुनेछ। त्यसपछि ८:३० बजे देवदह–६ देकेवार, ९:०० बजे शंकरपुर र ९:३० बजे ओमसतिया गाउँपालिकाको मझौलीमा कार्यक्रम हुनेछ। त्यसैगरी १०:३० बजे रोहिणी गाउँपालिकाको धकधही, ११:०० बजे भैरहवाको बुद्धचोक र ११:१५ बजे मिलनचोकमा कार्यक्रम तय गरिएको छ।
दिउँसो १२:१५ बजे सिद्धार्थनगरको किशोरपुर, १:०० बजे कोटहीमाई र १:१५ बजे मर्चवारीमाईमा जनसम्पर्क कार्यक्रम हुनेछ। त्यसपछि २:०० बजे मायादेवी गाउँपालिकाको पर्सहवा, २:१५ बजे सियारी गाउँपालिका छपिया चोक, २:३० बजे शुद्धोदन गाउँपालिकाको मानपकडी मन्दिर र २:४५ बजे फर्साटिकरमा कार्यक्रम राखिएको छ।
३:०० बजे बुटवलको मोतिपुर चोक, ३:१५ बजे योगीकुटी चोक, ३:३० बजे हस्पिटल लाइन र ३:४० बजे नयाँ गाउँ चोकमा कार्यक्रम तय गरिएको छ ।त्यसपछि ४:०० बजे सैनामैनाको रानीबगिया र ४:१५ बजे कलौनी–सालझण्डीमा जनसम्पर्क कार्यक्रम हुनेछ। कञ्चनपुर गाउँपालिकामा ४:३० बजे गरगरे र ४:५० बजे थकाली चोकमा कार्यक्रम राखिएको छ।
साँझतिर ५:०० बजे हरैया (कञ्चनपुर गाउँपालिका), ५:२० बजे गैडहवाको लुन्डिया, ६:०० बजे लुम्बिनीको पर्सा चोक र ६:१५ बजे मायादेवी मन्दिर (बुद्ध जन्मस्थल) क्षेत्रमा कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ माघ २०८२, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै
रविको अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ
गोल्फुटारको ‘हमाल निवास’ मा डेरा सरे रवि लामिछाने
रवि लामिछानेको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा
रवि लामिछानेको मुद्दा न्यायाधीशद्वय शर्मा र मुसलमानको इजलासमा
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ