काठमाडौं । नेकपा एमालेले आसन्न प्रतिनिधिसभा चुनाव लक्षित गरेर कार्यकर्ता परिचालनको आक्रामक निति बनाएको छ । गत भदौं २३ र २४ को जेनजी आन्दोलनपछि एमालेका नेता– कार्यकर्ता नै खुलेर उच्च मनोबलका साथ चुनावी प्रचारमा जुट्न नसकिरेको देखेपछि एमालेले संगठित सदस्यको मनोबल बढाउने र आक्रामक परिचालनमा लगाउन रणनीति बदलेको हो ।
त्यसका लागि उसले पार्टीको सम्पूर्ण संगठित सदस्यलाई निर्वाचनमा परिचालन गराउन विशेष कार्ययोजना नै बनाएको छ । कांग्रेस एमालेको गठबन्धन गरेर सरकारको नेतृत्व गरिरहँदा समेत सेनाको हेलिकप्टर चढेर नेतृत्व नै भाग्नुपर्ने अवस्था, पार्टीमा एघारौं महाधिवेशनमा एकपक्षिय नेतृत्व र पार्टीभित्र अध्यक्ष केपी ओलीले फरक मत राख्नेलाई निषेधको राजनीति गरेको आरोप लागिरहेका बेला कार्यकर्तालाई एकताबद्द गराउने र परिचालन गर्ने गरी उसले चुनावी कार्ययोजना बनाएको हो ।
एमालेले चुनावमा पार्टीका सम्पूर्ण संगठित सदस्य सक्रिय परिचालन निति बनाउन चाहेको छ । एमालेको झण्डै साँढे ६ लाख संगठित सदस्यको अभिलेख केन्द्रीय कार्यालयसँग छ । त्यसरी संगठित भएका सदस्यलाई पार्टी अध्यक्ष केपी ओली र केन्द्रीय कार्यालयसँग प्रत्यक्ष सम्र्पकमा रहेको देखाउन र भावनात्मक रुपमा नै पार्टीसँग जोडिएको गहिरो सन्देश कार्यकर्ता तहमा पुरयाउने कार्ययोजना एमालेले तय गरेको हो ।
संगठित नेता कार्यकर्ता चुनावमा उम्मेदवार झै परिचालन भएमा पार्टीले नतिजा राम्रो ल्याउन सक्ने एमालेको आंकलन छ । अन्य दलका पार्टी सदस्य भन्दा एमालेको सदस्यहरु संगठित रुपमा आक्रामक हुन सक्ने र सबै संगठित सदस्य परिचालन भएमा परिणाम निकाल्न सकिने बुझाईमा एमाले छ ।
सोही आधारमा झण्डै साँढे ६ लाख पार्टी सदस्यहरुलाई अध्यक्ष केपी ओलीले उनीहरुकै नाममै सम्वोधन गरेर चुनावमा सक्रिय हुन पत्राचार गरिएको छ । त्यस्तै पार्टी केन्द्रीय कार्यालयबाट अध्यक्ष ओलीले तपाईलाई सम्झिरहनु भएको छ है भन्दै संगठित सदस्यहरुलाई टेलिफोन गर्न थालिएको छ । ‘यो हामीले प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै बनाएको आक्रामक प्रचार निति हो,’ एमालेका प्रचार विभागका एक सदस्यले भने ।
केन्द्रीय कार्यालयमा अहिले प्रदेशगत रूपमा समूह विभाजन गरेरै केही नेता कार्यकर्तालाई संगठित सदस्यलाई टेलिफोन गर्ने जिम्मेवारी तोकिएको छ । सोही आधारमा केन्द्रीय कार्यालयमा अहिले झण्डै एक दर्जन बढी कार्यकर्ता विभिन्न समुहमा परिचालन गरेर संगठित सदस्यहरूलाई धमाधम फोन गर्न थालिएको छ । उनीहरूलाई निर्वाचन क्षेत्रको वस्तुस्थिति, आफूले गर्न सक्ने काम र जिम्मेवारीबारे टेलिफोनमा जानकारी लिन थालिएको छ ।
संगठित सदस्यलाई एमाले मुख्यालयबाट फोन गर्नेले सुरुमा ‘कमरेड, सन्चै हुनुहुन्छ रु के गर्दै हुनुहुन्छ रु’ भनेर इन्क्वाइरी गर्ने गरीएको छ । ‘तपाईंको क्षेत्रमा पार्टीको अवस्था कस्तो छ रु कत्तिको चुनावी प्रचारमा हिँडिरहनुभएको छ रु पार्टीलाई जिताउन लागौँ है । अध्यक्ष कमरेडले तपाईंलाई सम्झिरहनुभएको छ नि ।’ संगठित सदस्यहरुलाई केन्द्रीय कार्यालयबाट सोध्न थालिएको छ ।
पार्टीका संगठित सदस्य निर्वाचनमा खटिएको नखटिएको बारेमा तथ्यांक नै संकलन गर्ने गरी एमालेले सो अनुरुप पत्राचार र टेलिफोन गर्ने योजना अगाडी बढाएको हो ।
एमालेले आफनो शक्तिलाई भर गर्ने, मतदातासमक्ष सिधा पहुँच पुरयाउने, नेतृत्व र कार्यकर्ताको दुरी घटाउने, अन्य प्रतिस्पर्धी दललाई मनोवैज्ञानिक दवावमा राख्ने र अन्तर्घात र असन्तुष्टि नियन्त्रणको प्रयास गर्ने उदेश्यका साथ अध्यक्षबाटै संगठित सदस्यलाई पत्राचार र केन्द्रीय कार्यालयबाट सिधै फोन गर्ने रणनीति लिइएको एमालेका एक पदाधिकारीले बताए ।
‘एमालेको मुख्य शक्ति मानिने संगठित सदस्यता लामो समयपछि प्रत्यक्ष परिचालनमा आउँदा संगठन चलायमान हुने र यसले निष्क्रिय बनेका कार्यकर्ता पनि सक्रिय हुन प्रेरित गर्ने भएकोले यो शक्तिलाई नै बढी परिचालनको नीति बनाउन खोजिएको हो,’ ती नेताले भने । एमालेभित्र अध्यक्ष ओलीले जे बोलेपनि अरुले त्यसलाई ताली मात्रै बजाईदिनुपर्ने राजनीतिक सस्कार विकास हुादै गएको देखिन्छ । जसले नेता कार्यकर्ताहरु क्रमशः असन्तुष्ट बनन थालेको र निष्क्रिय बस्न थालेपछि उसले आफ्नै संगठित सदस्यमाथी भर परेर सक्रिय परिचालन गराउन चाहेको हो ।
एमालेमा जस्तो संगठित सदस्यहरुको ब्यवस्थित डाटा, परिचालन निति अन्य राजनीतिक दलले बनाउन सकेका छैनन । देशभर साढे ६ लाख कार्यकर्ता उम्मेदवार झै अबको एक महिना परिचालन गर्न सकिए त्यसले पार्टीलाई बलियो बनाउने बुझाईमा एमाले छ । एक सदस्य बराबर ४ जना मतदाता प्रभावित पार्न सकेपनि झण्डै २७ लाख मत बढाउन सकिने उसको बुझाई छ । त्यसले पार्टीलाई फेरि पनि समानुपातिक तर्फ पहलिो दल बनाउन योगदान गर्न सक्ने हिसाव एमालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० माघ २०८२, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रधानमन्त्री कार्कीद्वारा एमाले नेतृत्वलाई धन्यवाद
एमालेले लगायो समानुपातिक सांसदको टुंगो (सूचीसहित)
एमाले सचिवालय बैठक आज बस्दै
एमालेले समानुपातिक सांसदको नाम आइतबार पठाउने
नेकपा एमालेका महासचिव पोखरेलको चुनाव खर्च १७ लाख बढी
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य