काठमाडौं । नेपाली कांग्रेसमा चुनावमा अन्र्तघात हुने आशंका बढेको छ । पार्टी सभापति गगन थापा पक्षका नेताहरुले निर्वतमान सभापति शेरवहादुर देउवा पक्षका नेताहरुले चुनावमा असहयोग गर्नसक्ने आशंका पालेका छन् ।
चुनावको मुखमा पार्टीभित्र विशेष महाधिवेशनले मच्चाएको रडाँको र विशेष महाधिवेशन पछि देउवाको स्थानमा गगन थापाको उपस्थितीलाई कांग्रेसमा देउवा पक्षले अझै स्वीकार गरिसकेका छैनन । यो निर्णयको वैधानिकता खोज्दै देउवा पक्षका नेताहरु सर्वाेच्च अदालत पुगेका छन् ।
निर्वाचन आयोगले गगन पक्षलाई वैधानिकता दिएपनि देउवा पक्ष अदालत पुगेको थियो । यो मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ । गगन थापा पक्षले शेरवहादुर देउवा, पूर्णवहादुर खड्का, धनराज गुरुङ, प्रकाशमान सिंह, रामहरी खतिवडा लगायत नेताहरुलाई यसपटक चुनावमा टिकट दिएको छैन ।
जसकाकारण खतिवडा बाहेकका अन्य नेताहरु चुनवामा खास सक्रिय देखिएका पनि छैनन । पार्टीको विशेष महाधिवेशनले पाखा लगाएका शीर्ष नेताहरु चुनाव आउन महिना दिनमात्रै बाँकी रहँदासम्म पनि सक्रिय नदेखिएपछि गगन विश्वहरुलाई शीर्ष नेताहरुले चुनावमा असहयोग गर्नसक्ने आशंका लागेको छ ।
पार्टी शीर्ष नेताहरु न उम्मेदवार छन्, न चुनावी प्रचारमा देखिएका छन्, यसले गगन विश्वलाई तरंगित बनाएको छ । बाहिर प्रचारमा उनीहरुले निर्वतमान सभापति शेरवहादुर देउवासँग नियमित सम्पर्क भईरहेको देखाउन चाहेपनि भित्र भने असहयोग हुनसक्ने आशंका गरेका छन् ।
चुनावमा पार्टीले नतिजा राम्रो ल्याउन नसके त्यसको अपजस गगन विश्वप्रति जाने र कांग्रेसमा नेतृत्व फेरि आफैतिर फर्काउन सकिने बुझाईमा पनि कतिपय देउवा निकटका नेताहरु छन् । देउवा पक्षले चुनावमा सहयोग नगर्ने र पार्टीभित्र एकता कायम नहुँदा पूराना नेता कार्यकर्ता जिल्ला जिल्लामा निष्क्रिय बसिदिने अवस्था आएमा कांग्रेसको चुनावी परिणाम प्रत्यक्ष प्रभावित हुनेछ ।
कांग्रेसलाई नजिकबाट नियालिरहेका विश्लेषक पुरन्जन आचार्यका अनुसार जिल्लाका पूराना नेता कार्यकर्ताहरु अहिले निष्क्रिय जस्तै अवस्थामा छन् । उनी कोशीका केही पाहाडी जिल्ला घुमिरहेका छन् । ती जिल्लाहरुमा कांग्रेसका पूराना नेताहरु अहिले कांग्रेसभित्रको विवादका कारण निष्क्रिय बसिदिएको आफुले पाएको बताउँछन् । यसले चुनावमा असर गर्ने उनको बुझाई छ ।
‘जिल्ला जिल्लामा जसले चुनावमा केही प्रभाव पार्नसक्ने हुन्थ्थे, मतदातालाई कांग्रेसमा आर्कर्षित गर्नसक्ने हुन्थ्थे, ती मध्येका कतिपय नेताहरु निष्क्रिय बसेको जिल्लातिर घुम्दा देखिएको छ,’ विश्लेषक पुरन्जन आचार्यले भने, ‘यसले कांग्रेसलाई चुनावी परिणाममा घाटा लाग्न सक्छ ।’
आचार्यजस्तै पश्चिम नवलपरासीका अनुज रेगमी पनि पार्टी शीर्ष नेताहरुले तत्काल चुनावी अभियान नथाल्ने हो भने कांग्रेसलाई चुनावमा असर गर्ने बताउँछन् । ‘यदि डडेल्धुरामा देउवा, सुर्खेतमा पूर्णबहादुर खड्का वा काठमाडौँमा प्रकाशमान सिंह जस्ता नेताहरूले आफुलाई तत्काल सक्रिय बनाएनन् र आफना उम्मेदवारको चुनावी प्रचारमा जुटेनन् भने कांग्रेसलाई चुनावमा हानी पु¥याउनेछ,’ रेग्मीले सोमबार काठमाडौंका आयोजित एक कार्यक्रममै भने ।
देउवाले एकछत्र जित्दै आएको गृहजिल्ला डडेलधुरामा कांग्रेस अहिले सुरक्षित छैन । त्यहाँ कांग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ । देउवाले त्यहाँ टिकट पाएका थिए भने उनले सहज जित निकाल्ने थिए । अहिले त्यहाँ न देउवा सक्रिय लागेका छन्, न महरलाई जिताउन काठमाडौं नै बसेर भएपनि कुनै भूमिका खेलिरहेका छन् । त्यस्तै काठमाडौं १ मा लगातार चुनाव जित्दै आएका प्रकाशमान सिंह आफ्नै क्षेत्रमा अहिले टिकट पाएका कांग्रेस उम्मेदवारको पक्षमा मत माग्न मतदाताकाहाँ नै पुगेका छन् ।
पूर्णवहादुर खड्का, धनराज गुरुङ लगायत प्राय नेताहरु अहिले काठमाडौंमा नै चुपचाप बसिरहेका छन् । अझ गगन थापाले प्रदेश सभा वा स्थानीय हत चुनाव अगाडी पार्टी महाधिवेशन हुने बताएपछि झन् देउवा पक्ष झस्किएको छ । उनीहरु फागुन २१ मा चुनाव भएपनि बैशाखमा नियमित महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउन सकिनेमा विस्वस्त थिए ।
चुनावमा कांग्रेसले परिणाम अपेक्षित ल्याउन नसके त्यसको नैतिक दोषी गगन थापा, विश्वप्रकाश शर्माहरुलाई बनाउन सकिने र त्यसपछि आफुहरुबाट घुम्दै गएको नेतृत्व फेरि फर्काउन सकिनेमा पनि देउवा पक्षका नेताहरु देखिएका छन् । जसकाकारण पनि उनीहरु चुनावमा त्यत्तिः सक्रिय नदेखिईरहेको नेताहरु आशंका गर्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० माघ २०८२, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले संसद् अवहेलना गरेको काँग्रेसको आरोप
गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारीमा खड्का समूह
नेपाली काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल