काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा पहिलो पटक औपचारिक सम्बोधन गरेकी छन्। सोमबार सम्पन्न उक्त बैठकमा प्रधानमन्त्री कार्कीले सम्बोधन गरेकी हुन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनपछिको राजनीतिक घटनाक्रमले आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीसम्म आइपुग्न प्रेरित गरेको बताइन्। उनले यो पद र अवसर व्यक्तिगत आकांक्षाबाट नभई परिस्थितिजन्य कारणले प्राप्त भएको स्पष्ट पारिन्।
पहिलो पटक संसद्मा सम्बोधन गर्ने अवसर पाएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले यस प्रकारको जिम्मेवारीका लागि आफूले पूर्वकल्पना वा अपेक्षा नगरेको धारणा राखिन्। उनले परिस्थितिले बाध्य बनाएर राष्ट्रिय सभामा उभिने अवसर प्राप्त भएको बताउँदै आफ्नो अनुभव सभासमक्ष प्रस्तुत गरिन्।
राष्ट्रिय सभामा सदाचार नीतिसम्बन्धी प्रतिवेदनमा छलफल
प्रधानमन्त्री सुशीला कार्कीज्यूको सम्बोधन
सम्माननीय अध्यक्षज्यू,
२०८२ भदौ २३ र २४ गते जेनजी युवाहरुको अगुवाइमा भएको आन्दोलनका जगमा गठित अन्तरिम सरकारको प्रधानमन्त्रीको हैसियतले मैले पहिलोपटक राष्ट्रिय सभाको यस गरिमामय बैठकमा उपस्थित भई केही कुरा राख्न पाउँदा मलाई एउटा ऐतिहासिक मोडको साक्षीका रूपमा गम्भीर जिम्मेवारी बोध भएको छ।
हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनबाट निर्वाचित हुनुभएका सम्पूर्ण सदस्यज्यूहरुलाई बधाईसहित उपलब्धिमूलक कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
त्यस्तै आफ्नो कार्यकाल पूरा गरी विदा हुन लाग्नुभएका माननीय सदस्यज्यूहरुमा बधाई ज्ञापन गर्दै आगामी सुखद् जीवनको कामना गर्दछु ।
म प्रधानमन्त्री भएकै दिन अर्थात् २०८२ भदौ २७ गते जेनजी आन्दोलनको भावना अनुरुप तत्कालीन परिस्थितिलाई सामान्यीकरण गरी मुलुकमा थप द्वन्द्व चर्किन नदिन र धनजनको क्षति रोक्न तथा राज्यलाई पुनः संवैधानिक लयमा फर्काउन २०८२ फागुन २१ गते निर्वाचन गर्ने गरी तत्कालीन प्रतिनिधि सभा विघटनका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई सिफारिस गरेकी थिएँ ।
सोही सिफारिस बमोजिम प्रतिनिधि सभाको विघटन भएको र तोकिएको समयमा स्वच्छ, निष्पक्ष र विश्विसनीय वातावरणमा चुनाव सम्पन्न गरी जननिर्वाचित सरकारलाई शक्ति सुम्पन यो सरकार आतुर रहेको व्यहोरा यस सम्मानित सदनमा जानकारी गराउन चाहन्छु।
म यस सदनमा जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका सहिदहरुप्रति सम्मान प्रकट गर्दै सहिद परिवारमा पुग्न गएको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु। साथै आन्दोलनका घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
यसअघि विभिन्न अवसरमा भनिसकेकी छु कि म कुनै शासकीय आकाङ्क्षा बोकेर, कुनै पदको लालसा लिएर प्रधानमन्त्री भएकी होइन।
बिथोलिएको संवैधानिक व्यवस्थालाई ट्रयाकमा ल्याउन र देशलाई सङ्कटबाट बचाउन परिवर्तनकामी युवा पुस्ताको आग्रह, राजनीतिक दलहरु र सम्माननीय राष्ट्रपतिज्यूसँगको छलफलका आधारमा विषम परिस्थितिमा मैले प्रधानमन्त्रीको जिम्मेवारी लिएकी हुँ।
सम्मानीय अध्यक्ष महोदय,
भदौ २३ र २४ गते जेनजी युवाहरुको नेतृत्वमा भएको विद्रोह हाम्रा शासकहरुमा युवा आकांक्षाको बेवास्ता, मुलुकमा व्याप्त भ्रष्टाचार र राज्य सञ्चालनमा देखिएको संवेदनहीनताविरुद्धको चेतनाको प्रतिविम्ब थियो।
संविधानको मर्म र भावनाबमोजिम सुशासन, समृद्धि र विकासको क्षेत्रमा भएका कमी कमजोरी र त्यसबाट सिर्जित असन्तोष, अभाव वा उपेक्षाको कारणले यस आन्दोलनको जन्म भएको कुरालाई हामीले स्वीकार गर्नुपर्दछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ माघ २०८२, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटन नगर्न बिन्ती गर्दै सीके राउतले अघि सारे सातबुँदे प्रस्ताव
संसद्को लाइभ बन्द हुने
प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने
आज सङ्घीय संसद्का दुवै सदनकाे बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
संसद्को विधायन समितिले नागरिकता विधेयक अघि बढाउँदै
राप्रपा र रास्वपा आफ्ना कुरा राखेर आज पनि संसद् बैठकबाट बाहिरिए