काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले सुदूरपश्चिम प्रदेशमा सञ्चालन गरेको मौन चुनावी अभियान आज सम्पन्न भएको छ। कैलालीको लम्कीबाट सुरु गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन केन्द्रित अभियानमा उनले सार्वजनिक सम्बोधन नगरी पार्टीका गतिविधिमा सहभागिता जनाए।
सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका कैलाली र कञ्चनपुरसहित सात पहाडी जिल्लामा पुगेर बालेनले पार्टीको चुनावी अभियान अघि बढाएका थिए। अभियानका क्रममा उनले सम्बन्धित जिल्लाका पार्टी कार्यालय तथा उम्मेदवारका चुनावी सम्पर्क कार्यालयहरूमा पुगेर घण्टी बजाउँदै समर्थक र कार्यकर्तामाझ उपस्थित भए पनि कुनै पनि सार्वजनिक मञ्चबाट सम्बोधन गरेनन्।
रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेनले चार दिनअघि कैलाली निर्वाचन क्षेत्र नं २ को लम्कीबाट सुदूरपश्चिम केन्द्रित चुनावी यात्रा सुरु गरेका थिए। सो क्षेत्रबाट रास्वपाले युवा नेता केपी खनाललाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ। खनाललाई पार्टीभित्र बालेन निकट युवा नेताका रूपमा चिनिन्छ।
चुनावी अभियानका क्रममा बालेनले आफ्ना पार्टीका उम्मेदवारहरूसँग भलाकुसारी र सामान्य छलफल गरे पनि सार्वजनिक भाषणबाजीबाट टाढै रहे। यद्यपि यात्राका क्रममा उनले डोट्याली भाषामा स्ट्याटस लेख्दै फोटोहरू सामाजिक सञ्जालमा पोस्ट गर्दै हिडे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ माघ २०८२, २२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी
प्रधानमन्त्री बालेन शाहसँग कति छ सम्पत्ति ?
मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन