काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा निर्वाचन आयोग र गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच औपचारिक संवाद भएको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र गृहमन्त्री ओमप्रकाश अर्यालबीच फागुन २१ गते तोकिएको निर्वाचनलाई लक्षित गर्दै आवश्यक तयारीबारे छलफल भएको हो।
बैठकमा निर्वाचन प्रक्रियालाई प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन आवश्यक प्रशासनिक तथा सुरक्षा पक्षका विषयहरूमा विचार-विमर्श गरिएको जनाइएको छ।
सो अवसरमा निर्वाचन आयुक्तहरू जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत तथा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठसहित सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ माघ २०८२, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने