काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा निर्वाचन आयोग र गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच औपचारिक संवाद भएको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र गृहमन्त्री ओमप्रकाश अर्यालबीच फागुन २१ गते तोकिएको निर्वाचनलाई लक्षित गर्दै आवश्यक तयारीबारे छलफल भएको हो।
बैठकमा निर्वाचन प्रक्रियालाई प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन आवश्यक प्रशासनिक तथा सुरक्षा पक्षका विषयहरूमा विचार-विमर्श गरिएको जनाइएको छ।
सो अवसरमा निर्वाचन आयुक्तहरू जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत तथा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठसहित सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ माघ २०८२, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगले यी ३ जना उम्मेदवारलाई सोध्यो स्पष्टीकरण
आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा आयोगद्वारा धमाधम स्पष्टीकरण माग
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगले शक्ति बस्नेतलाई सोध्यो स्पष्टीकरण
सोविता गौतमले निर्वाचन आयोगमा किन गरिन् झुठ्ठो विवरण पेश ?
उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक