चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १५ माघ २०८२, ०९ : ४६
चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदीको दुर्घटनामा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।