काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने देब्रे खुट्टामा देखिएको स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका छन् ।
माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा लागेको सामान्य चोट समयक्रममा जटिल बन्दै गएपछि चिकित्सकीय उपचार आवश्यक परेको जनाइएको छ ।
स्वकीय सचिव अविनाश आचार्यका अनुसार प्रारम्भिक रूपमा सामान्य देखिएको चोट पछि छालाको भित्री तहसम्म संक्रमण फैलिएको पुष्टि भएको हो । सोही कारण उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरी उपचार भइरहेको छ ।
चिकित्सकहरूको परीक्षणपछि संक्रमणको अवस्था जोखिमपूर्ण हुन सक्ने देखिएकाले केही दिन अस्पतालमै राखी निरन्तर निगरानीमा उपचार गर्ने निर्णय गरिएको आचार्यले जानकारी दिए । चोट आफैँ गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सावधानी अपनाइएको बताइएको छ ।
चिकित्सकको सल्लाहअनुसार पूर्ण उपचार र स्वास्थ्य अवस्थामा सुधार भएपछि मात्र लामिछाने पुनः नियमित राजनीतिक तथा संगठनात्मक गतिविधिमा फर्किने स्वकीय सचिव आचार्यले स्पष्ट पारेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०८२, २१ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण अभियोग संशोधनसम्बन्धी विवादमा मूल कागजात झिकाउन आदेश
निर्वाचन प्रचार-प्रसारका क्रममा संयम र मर्यादालाई प्राथमिकतामा राख्न रवि लामिछानेको निर्देशन
अदालतले माग्यो रवि लामिछानेसँग १ करोड धरौटी
‘अब बालेनले देश बनाउँछ’: रवि लामिछाने
रविविरुद्धको आरोप पत्र संशोधन स्वीकृति दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता