केही जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारले दियो अनुमति

सफल खबर संवाददाता

सोमबार, १२ माघ २०८२, १९ : १४
केही जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारले दियो अनुमति

काठमाडौँ । सरकारले ऊर्जा पूर्वाधार विस्तारलाई सहज बनाउने उद्देश्यसहित केही जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न मन्त्रिपरिषद् बैठकले सुतीखोला, तामाकोशी पाँचौँ, माथिल्लो सङ्खुवासभा तथा सेतीखोला जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । 

उक्त निर्णयसँगै ती आयोजनाहरूको कार्यान्वयन प्रक्रियामा देखिएको वन क्षेत्र प्रयोगसम्बन्धी अवरोध हट्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस