मनाङमा प्रत्यक्षतर्फ तीनवटा चिह्नमा मतदान हुने

सफल खबर संवाददाता

सोमबार, १२ माघ २०८२, ०७ : १४
मनाङमा प्रत्यक्षतर्फ तीनवटा चिह्नमा मतदान हुने

मनाङ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मतदान हुने भएको छ ।

नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको रातो तारा र मंगोल नेशनल अर्गनाइजेसनको भाले चिह्नमा मतदान हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसलाई समर्थन गर्दै उमेदवारी फिर्ता लिएपछि तीन चिह्नमा मतदान हुने टुंगो लागेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । 

“निर्वाचनका लागि पाँच दलबाट उमेदवारी परेकामा दुई दलले उमेदवारी फिर्ता लिएपछि मतपत्रमा तीनवटा चिह्न मात्रै रहने भएको हो”, उनले भने ।  नेपाली कांग्रेससका टेकबहादुर गुरुङ, नेकपाका यशोदा सुवेदी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ‘नवीन’ चुनावी मैदानमा छन् । 

एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मनाङमा कूल सात हजार मतदाता छन् । देशकै सबैभन्दा कम मतदाता रहेको यस जिल्लामा एक अस्थायीसहित २९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । 

यहाँको निर्वाचन सम्पन्न गर्न १७१ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस