काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आउँदो निर्वाचनमा पार्टीको स्थिति बलियो देखिएको धारणा व्यक्त गरेका छन्। आइतबार सिंहदरवारमा सम्पन्न राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचन परिणाम आफ्नो पक्षमा जाने आधारहरू स्पष्ट हुँदै गएको बताएका हुन्।
संयोजक दाहालका अनुसार विभिन्न २० दललाई समेटेर पार्टी एकीकरण गरिएपछि प्रतिनिधि सभा तथा समानुपातिकतर्फ उम्मेदवार छनोट गर्दा समावेशिता, जनआधार, कार्यसम्पादन क्षमता र सार्वजनिक छविलाई मुख्य मापदण्ड बनाइएको छ। यस्ता आधारमा छनोट गरिएका उम्मेदवारहरूले अपेक्षित परिणाम ल्याउने विश्वास पार्टी नेतृत्वले लिएको उनले बताए।
उनले पछिल्लो समय देखिएको ‘जेन जेड’ केन्द्रित आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गरेको भूमिकाका कारण नेकपाको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अन्य स्थापित दलको तुलनामा सकारात्मक बनेको दाबी गरे। युवापुस्ताले पनि प्रमुख राजनीतिक दलहरूमध्ये नेकपाको नेतृत्व र दृष्टिकोण फरक रहेको अनुभूति गर्न थालेको उनको भनाइ थियो।
संयोजक दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ देखिएको प्रारम्भिक उत्साह क्रमशः कमजोर बन्दै गएको टिप्पणी पनि गरे। उनका अनुसार उक्त पार्टीका उम्मेदवारहरूको गतिविधि, मनोनयनपछिका क्रियाकलाप तथा प्रयोग गरिएका साधन-स्रोत सार्वजनिक हुँदै जाँदा मतदाताले ती पक्षलाई गम्भीर रूपमा मूल्याङ्कन गर्न थालेका छन्।
गोरखा निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि नेकपाका तर्फबाट उम्मेदवार लेखनाथ न्यौपानेको निर्वाचन परिणाम अनुकूल दिशातर्फ गएको दाहालको भनाइ छ। यस घटनापछि डा. भट्टराई र नेकपाबीचको राजनीतिक सम्बन्ध पनि संवादमार्फत क्रमशः सहज बन्दै जाने अपेक्षा व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ माघ २०८२, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’