काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको समग्र विकास र राष्ट्र निर्माण बहुआयामिक सहकार्यबाट मात्र सम्भव हुने स्पष्ट गर्दै सुरक्षा निकायको क्षमता अभिवृद्धिलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। उनले सुरक्षा संगठनलाई प्रविधिमैत्री, आधुनिक र छिटो परिचालन गर्न सकिने बनाउने दिशामा नीतिगत पहल अघि बढाइएको जानकारी दिए।
शुक्रबार सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसका अवसरमा आयोजित औपचारिक कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री अर्यालले गृह मन्त्रालय दीर्घकालीन महत्वका योजना कार्यान्वयनमा सहायक भूमिकामा केन्द्रित रहेको उल्लेख गरे। मन्त्रालयमा प्रस्तुत हुने प्रस्तावहरूलाई अवरोध होइन, सहयोगका रूपमा लिँदै रचनात्मक ढंगले अघि बढाइँदै आएको उनको भनाइ थियो।
उनले राष्ट्र निर्माण कुनै एक संस्थाको एकल प्रयासबाट सम्भव नहुने उल्लेख गर्दै सीमा सुरक्षालाई दिगो र संस्थागत बनाउने लक्ष्यका साथ सशस्त्र प्रहरी बललाई सीमा क्षेत्रमा केन्द्रित गर्ने रणनीति निरन्तर कार्यान्वयनमा रहेको बताए। अन्तर्राष्ट्रिय अभ्यास र नयाँ मान्यताअनुसार सीमा चौकीहरूको विस्तार, विद्यमान संरचनाको आधुनिकीकरण तथा संगठनलाई प्रविधिमा आधारित लचिलो र द्रुत परिचालनयोग्य बनाउने विषयमा सरकारको ध्यान केन्द्रित रहेको उनले स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ माघ २०८२, २१ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री अर्यालले पाए सरकारको प्रवक्ताको जिम्मेवारी
धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा कडाइ गर्न गृहमन्त्री अर्यालको आग्रह
भूकम्प सुरक्षा दिवसलाई दीर्घकालीन जनचेतना अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ : गृहमन्त्री अर्याल
‘विधिको शासन, भ्रष्टाचार मुक्त प्रशासनको प्रत्याभूति गर्दै निर्वाचन मार्फत जिम्मेवारी हस्तान्तरण गर्छौँ’ : गृहमन्त्री अर्याल
‘म कुनै दलमा सहभागी छैन’ : गृहमन्त्री अर्याल
कर्णाली पुगेर गृहमन्त्री अर्यालले भने : ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’