अराजक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याएरै छाड्ने ओलीको दाबी

सफल खबर संवाददाता

विहीबार, ०८ माघ २०८२, १६ : २४
अराजक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याएरै छाड्ने ओलीको दाबी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विध्वंसात्मक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई अन्ततः कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेका छन्।

उनले अराजक क्रियाकलाप दीर्घकालसम्म टिक्न नसक्ने उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्नहरूलाई जबाफदेही बनाइने बताएका छन्।

बिहीबार झापाको दमक-८ मा आगजनी भएको नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी) का नेता गगन पुरीको निवासको स्थलगत अवलोकनपछि ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले घटनाबाट पीडित पक्षलाई उजुरी-निवेदनलगायत कानुनी प्रक्रिया अघि बढाउन आग्रह गर्दै न्यायिक निष्कर्षमा पुगिने विश्वास व्यक्त गरेका छन्।

यस क्रममा नेता पुरीले घटनासँग सम्बन्धित प्रमाणहरू संकलन गरिसकेको र कानुनी उपचारका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस