काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् बैठक बोलाएकी छन्। बैठक दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।
बैठकमा विभिन्न मन्त्रालयबाट पेस हुने नियमित प्रस्तावहरूमाथि छलफल भई आवश्यक निर्णय हुन सक्ने बताइएको छ।
त्यसैगरी आजको बैठकमा मन्त्रिपरिषद्का सदस्यहरू निर्वाचनमा केन्द्रित भएको अवस्थाबारे पनि छलफल हुने बताइएको छ। स्रोतका अनुसार चुनावी सरकारका चार जना मन्त्रीले पद छोडेर निर्वाचनमा होमिएको सन्दर्भमा उत्पन्न परिस्थिति र आगामी निर्वाचन रणनीतिबारे पनि मन्त्रिपरिषदमा छलफल हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ माघ २०८२, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठकबाट बजेट पारित
सहकारी बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी