काठमाडौं । आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम अहिले अभ्यासमा व्यस्त छ।
श्रीलङ्का ‘ए’ले टस जितेर ब्याटिङ गरेपछि अहिले नेपालले बलिङ गरिरहेको छ। नेपाल र श्रीलंका ‘ए’को यो दोस्रो अभ्यास खेल हुने।
मंगलबार भएको खेलमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। नेपालले बलिङ गरेको खेलमा पाँच ओभरको समाप्तिमा श्रीलंकाले एक विकेटको क्षतिमा ६० रन बनाएको छ।
पहिले खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १८५ रन बनाएको थियो। जितका लागि एक सय ८६ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ माघ २०८२, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
पोर्चुगल र नर्वे विश्वकपमा छनोट
भारतले पहिलोपटक जित्यो महिला क्रिकेट विश्वकपको उपाधि
ब्राजिल विश्वकपमा छनोट