काठमाडौं । आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम अहिले अभ्यासमा व्यस्त छ।
श्रीलङ्का ‘ए’ले टस जितेर ब्याटिङ गरेपछि अहिले नेपालले बलिङ गरिरहेको छ। नेपाल र श्रीलंका ‘ए’को यो दोस्रो अभ्यास खेल हुने।
मंगलबार भएको खेलमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। नेपालले बलिङ गरेको खेलमा पाँच ओभरको समाप्तिमा श्रीलंकाले एक विकेटको क्षतिमा ६० रन बनाएको छ।
पहिले खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १८५ रन बनाएको थियो। जितका लागि एक सय ८६ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ माघ २०८२, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपमा मेक्सिकोको विजयी सुरुआत : पहिलो खेलमै तीन रातो कार्ड
विश्वकप खेल्ने सबैभन्दा सानो राष्ट्र कुरासाओको टोली घोषणा
टर्की २४ वर्षपछि विश्वकपमा पुग्न सफल
विश्वकपका लागि इरानलाई अमेरिकामा स्वागत र सुरक्षाको पूर्ण ग्यारेन्टी छ: ह्वाइट हाउस
न्युजिल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका पराजित
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त