इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०८ माघ २०८२, १० : ०४
इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

इलाम । इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक आज बिहान दुर्घटना भएको हो ।

देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिए ।

गम्भीर घाइते भएका निजको अस्पताल पुर्याउने क्रममा बाटाेमा मृत्यु भएको हो ।