काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा. राकेश पाण्डेबीच शिष्टाचार भेटवार्ता भएको छ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सम्पन्न भेटका क्रममा आपसी शुभेच्छा आदान-प्रदानसँगै नेपाल-भारत द्विपक्षीय सम्बन्ध, सहकार्यका क्षेत्र तथा पारस्परिक चासोका विविध विषयमा विचार विमर्श भएको जनाइएको छ।
भेटमा उपराष्ट्रपति यादवले नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक रूपमा सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक र जनस्तरसम्म गहिरो रूपमा जोडिएको उल्लेख गरे। उनले दुई देशबीचको सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान, विश्वास र मैत्रीपूर्ण सहकार्यमा आधारित रहेको स्पष्ट गर्दै नेपाल सरकारले भारतसँगको सम्बन्धलाई निरन्तर उच्च प्राथमिकतामा राख्दै आएको बताए।
यस अवसरमा भारत सरकारले अवलम्बन गरेको ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई महत्व दिइएकोप्रति उपराष्ट्रपति यादवले सकारात्मक धारणा व्यक्त गरे। साथै, भारत नेपालको प्रमुख विकास साझेदारमध्ये एक रहेको उल्लेख गर्दै आर्थिक, प्राविधिक तथा अन्य विभिन्न क्षेत्रमा भारतबाट प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गरे। उपराष्ट्रपतिको सचिवालयका अनुसार उनले निमित्त राजदूत पाण्डेमार्फत भारतीय उपराष्ट्रपति सिपी राधाकृष्णनको सुस्वास्थ्य तथा भारतीय जनताको उन्नति र समृद्धिको कामना समेत व्यक्त गरेका थिए ।
त्यसैगरी, निमित्त राजदूत डा. पाण्डेले भारत सरकार नेपालसँग बहुआयामिक सहकार्य विस्तार गर्न इच्छुक रहेको बताउँदै खेलकुद, विशेष गरी क्रिकेट क्षेत्रमा सहयोगका सम्भावना औँल्याएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ माघ २०८२, १८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपराष्ट्रपति यादव र प्रदेश प्रमुखबीच भेटवार्ता
उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूत अल्दिवानीको शिष्टाचार भेट
आधुनिक चिकित्सासँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ : उपराष्ट्रपति यादव
महिलालाई सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूत माओमिङको भेट
उपराष्ट्रपति यादव र युरोपेली संघकी राजदूतबीच द्विपक्षीय सहकार्यबारे छलफल