काठमाडौँ । स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार यससम्बन्धी निर्णय गरेको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार बोर्डका तत्कालीन कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएपछि उत्पन्न भएको नेतृत्व रिक्ततालाई पूर्ति गर्न डा. पौडेललाई अस्थायी रूपमा जिम्मेवारी प्रदान गरिएको हो।
निर्णय अनुसार डा. पौडेलले आजदेखि नै बोर्डको कार्यभार सम्हालिसकेको मन्त्रालयले जनाएको छ। बोर्डको नियमित कामकारबाही अवरुद्ध नहोस् भन्ने उद्देश्यले तत्काल व्यवस्थापनात्मक निर्णय लिइएको बताइएको प्रवक्ता बुढाथोकीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ माघ २०८२, १८ : ४४
लेखकबाट थप